महत्वपुर्ण प्रश्नहरु

  • प्यागोडा शैलीको सबैभन्दा पुरानो मन्दिर चाँगुनारायण मन्दिर हो। 
  • भीमसेन थापाले २ हुलाकलाई भागमा विभाजन गरेका थिए। 
    •  थाप्ले हुलाक र कागजी हुलाक 
  • बङ्गालका शासक समसुद्दिन इलियासले नेपाल उपत्यकामा वि.सं.१४०६ मा आक्रमण गरेका थिए। 
  • सर्वप्रथम शिलालेखको स्थापना गर्ने राजा मानदेव हुन्। 
  • भ्रिकुटिलाइ हरिततारा भनिन्छ भने तिब्बतीले उनको नाम ढिचुङ्ग राखेका थिए। 
  • श्री ५ राजेन्द्रलाई राजगद्दीबाट हटाएर जेल हाल्ने जंग बहादुर राणा हुन्। 
  • यलम्बरलाई अर्को नाम यलुङ्ग नामले चिनिन्छ। 
  • किराँतहरुको राजधानी गोदावारी, गोकर्ण र शंखमुल क्रमशः थियो। 
  • भृकुटीले तिव्वत जाँदा आफुसगैं लगेका वौद्ध भिक्षु शिलमन्जु थिए। 
  • नेपालबाट चीन जाने पहिलो नेपाली वुद्धभद्र थिए।
  • मानव निर्मित सबैभन्दा ठुलो ताल इन्द्रसरोवर हो।
  • सबैभन्दा ठुलो माछा पाइने ताल जगदिसपुर् ताल हो। 
  • से फोक्सुण्डो तालबाट बनेको झरना सुलिगाड झरना हो जुन सबै भन्दा अग्लो स्थानबाट बग्ने झरना हो। 

Comments

Popular posts from this blog

कसले के चलाए ? (Who started what?)

राणा प्रधानमन्त्रीका योगदानहरु

All Kings of Nepal