नेपालको संविधान : भाग - ३५
← भाग ३४ अनुसूची १→
भाग–३५
संक्षिप्त नाम, प्रारम्भ र खारेजी
३०७. संक्षिप्त नाम र प्रारम्भ:
(१) यस संविधानलाई “नेपालको संविधान” भनिनेछ ।
(२) यो संविधान संवत् दुई हजार बहत्तर साल असोज महीनाको तीन गतेदेखि प्रारम्भ हुनेछ ।
३०८. खारेजी: नेपालको अन्तरिम संविधान, २०६३ खारेज गरिएको छ ।
← भाग ३४ अनुसूची १→
Comments
Post a Comment