अनुसूची–१

भाग ३५                                                                                                                    अनुसूची–

 अनुसूची–१

(धारा ८ को उपधारा( २) सँग सम्बन्धित )

नेपालको राष्ट्रिय झण्डा


नेपालको राष्ट्रिय झण्डा बनाउने तरीका

(क) किनाराभित्रको आकार बनाउने तरीका
(१) एउटा सिम्रिक रंगको रातो कपडामा तल्लो भागमा चाहिएको जति लम्बाइको रेखा बायाँबाट दाहिनेतिर खिच्ने र यसलाई क ख नाम राख्ने ।

(२) क बाट सीधा माथि ग सम्म क ख को लम्बाइ जतिमा क ख कै तृतीयांश थप्दा जति हुन्छ त्यति लामो हुने गरी क ग रेखा खिच्ने । क ग मा क बाट क ख को लम्बाइ जति लिई घ चिनो लगाउने ख र घ जोड्ने ।

(३) ख घ रेखामा ख बाट क ख जति लिई ङ चिनो लाउने ।

(४) ङ हुँदै क ख को समानान्तर पारेर क ग मा पर्ने बिन्दु च बाट शुरु गरी दाहिनेतिर छ सम्म क ख को लम्बाइ जति रेखा खिच्ने ।

(५) ग र छ लाई जोड्ने ।

(ख) चन्द्र बनाउने तरीका

(६) क ख को चतुर्थांश जति क बाट दाहिनेमा ज चिनो लाउने र त्यहाँबाट माथि क ग को समानान्तर पारेर ग छ लाई झ मा छुने रेखा खिच्ने ।

(७) ग च को आधा ञ बाट क ख को समानान्तर पारेर रेखा दायाँतिर खिची ग छ लाई ट मा छुने ।

(८) ञ ट र ज झ रेखा काटिएको ठाउँमा ठ चिनो राख्ने ।

(९) ञ र छ जोड्ने ।

(१०) ञ छ र ज झ काटिएको बिन्दुमा ड चिनो लाउने ।

(११) ड लाई केन्द्र मानी ख घ रेखालाई न्यूनतम अन्तर पर्ने गरी स्पर्श गर्दा हुने जति दूरी पर्ने गरी ज झ रेखाको तल्लो भागमा ढ चिनो लगाउने ।

(१२) ड मा छोई क ख को समानान्तर रेखा बायाँबाट दायाँतिर खिच्ने र यसले क ग लाई छोएको बिन्दुको नाम ण राख्ने ।

(१३) ठ केन्द्र लिएर ठ ढ व्यासाद्र्धले तल्लो भागमा वृत्त खण्ड खिच्ने र ण ड बाट गएको रेखालाई यसले छोएको दुवै ठाउँमा क्रमशः त र थ नाम राख्ने ।

(१४) ड लाई केन्द्र मानी ड थ व्यासाद्र्धले तल्लो भागमा अर्ध वृत्ताकार त थ लाई छुने गरी खिच्ने ।

(१५) ढ केन्द्र मानी ढ ड को व्यासाद्र्धले त ढ थ वृत्त खण्डको दुवैतर्फ छुने गरी वृत्त खण्ड खिच्ने र यसले त ढ थ लाई छोएको विन्दुहरूको नाम क्रमशः द र ध राख्ने । द ध लाई जोड्ने । द ढ र ज झ काटिएको विन्दुको नाम न राख्ने ।

(१६) न लाई केन्द्र मानेर व्यासाद्र्ध न ध ले त ढ थ को माथिल्लो भागमा दुवै ठाउँमा छुने गरी अर्ध वृत्ताकार खिच्ने ।
(१७) न लाई केन्द्र मानेर व्यासाद्र्ध न ड ले त ढ थ को माथिल्लो भागमा दुवै ठाउँमा छुने गरी वृत्त खण्ड खिच्ने ।

(१८) यस अनुसूचीको नं. (१६) को अर्ध वृत्ताकार भित्र र नं. (१७) को वृत्त खण्ड बाहिर चन्द्रमाको आठवटा बराबरका कोण बनाउने ।

(ग) सूर्य बनाउने तरीका

(१९) क च को आधा प बाट क ख को समानान्तर पारेर ख ङ मा छुने गरी प फ रेखा खिच्ने ।

(२०) ज झ र प फ काटिएको विन्दु ब केन्द्र मानेर ड ढ को व्यासाद्र्धले वृत्ताकार पूरा खिच्ने ।

(२१) ब लाई केन्द्र मानेर ठ ढ व्यासाद्र्धले वृत्ताकार पूरा खिच्ने ।

(२२) यो अनुसूचीको नं. (२०) को वृत्ताकार बाहिर र यो अनुसूचीको नं.  (२१) को वृत्ताकारभित्र परेको गोल घेराको बीच भागमा सूर्यको बाह्रवटा बराबरका कोणहरू दुई चुच्चाहरूले ज झ रेखामा छुने गरी बनाउने ।

घ) किनारा बनाउने तरीका

(२३) न ढ को चौडाइ जति गाढा नीलो रंगको किनारा झण्डाको आकारको बाहिरी सबैतिरको सीमामा थप्ने, तर झण्डाको पाँच कोणहरूमा चाहिं बाहिरी कोणहरू पनि भित्रै सरहका बनाउने ।

(२४) झण्डा डोरी लगाई प्रयोग गरेमा माथि बताइएकै पट्टी राख्ने । झण्डा लट्ठीमा घुसार्ने हो भने क ग पट्टि आवश्यक परे जति किनारा चौड्याउने । डोरी वा लट्ठीको प्रयोगमा क ग को पट्टीमा प्वाल राख्ने ।

स्पष्टीकरण: झण्डा बनाउँदा खिचिएका ज झ द ध, च ङ, ङ घ, ञ, छ, ण थ, ञ ट र प फ रेखाहरू कल्पित हुन् । त्यस्तै सूर्यका बाहिरी र भित्री वृत्ताकारहरू तथा खुर्पे चन्द्र बाहेक अरु वृत्त खण्ड पनि कल्पित हुन् । यिनलाई झण्डामा देखाइँदैन ।

द्रष्टव्य: राष्ट्रिय झण्डाको आकार नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।

भाग ३५                                                                                                                    अनुसूची–

Comments

Popular posts from this blog

कसले के चलाए ? (Who started what?)

राणा प्रधानमन्त्रीका योगदानहरु

All Kings of Nepal