राणा प्रधानमन्त्रीका योगदानहरु

३ - ३३ - ४२ - ५७ - ५८ - ८६८९ - २ - ५ - ७

 जंगबहादुर राणा (१९०३ - १९३३): 

  • वि सं १९१० मा मुलुकी ऐन प्रकाशन 
  • ३५ वर्ष पुगेका अविवाहित छोरीलाई पनी अंश दिने व्यवस्था 
  • वि सं १९१० असोज २७ गते दरवार स्कूलको स्थापना 
  • वि सं १९०८ मा गिद्धे प्रेसको स्थापना 

रणोद्विप सिंह (१९३३ - १९४२):
  • पात्रोको प्रकाशन 
  • मालपोत उठाउने नयाँ व्यवस्था 
  • नेपालमा हुलाक घरको व्यवस्था 
  • तेजरथ अड्डाको स्थापना 
वीर शमशेर (१९४२ - १९५७):
  • आफ्नै काका रणोद्विप सिंहको हत्या गरेर प्रधानमन्त्री बनेका 
  • नेपालमा मोटर चढ्ने पहिलो व्यक्ती 
  • घण्टाघरको, वीर अस्पताल, नारायणहिटी दरवारको निर्माण 
  • नामको पछाडी जबरा लेख्न सुरु 
  • सर्वसाधारणको छोराछोरी दरवार स्कुलमा पढ्न पाउने व्यवस्था
  • महिला शिक्षाको सुरुवात

देव शमशेर (१९५७ - १९५८):
  • सबैभन्दा कम समय प्रधानमन्त्री बनेका राणा प्रधानमन्त्री 
  • धनकुटे राजा 
  • गोरखापत्रको प्रारम्भ (१९५८ बैसाख २४)
  • सरकारी विदाको प्रारम्भ
  • १०-५ कार्यालय समय 
  • उजुरी पेटिकाको व्यवस्था
  • दिउँसो १२ बजे तोप पढ्काउने चलन 

चन्द्र शमशेर (१९५८ - १९८६):

  • फिस्टे महाराजा
  • मेट्रिक पास गर्ने पहिलो राणा प्रधानमन्त्री 
  • राणाहरुलाई A, B, C गरी तीन वर्गमा विभाजन 
    • A वर्ग
      • जेठी महारानीबाट जन्मेका सन्तानहरु
      • प्रधानमन्त्रीको रोलक्रममा हुने 
    • B वर्ग 
      • दोस्रो विवाहित रानीबाट जन्मेका सन्तानहरु 
      • काठमाडौंको जर्नेलसम्म हुन पाउने
    • C वर्ग 
      • रखौटी वा अविवाहित पत्नीबाट जन्मेका सन्तानहरु
      • काठमाडौं बाहिरको जर्नेलसम्म बन्न पाउने 
  • नेपालको नक्सा निर्माण गरेका 
  • वि सं १९६८ सालमा जनगणना सुरुवात गरेका
  • वि सं १९७७ सालमा सति प्रथाको अन्त्य 
  • वि सं १९८१ मा दास प्रथाको अन्त्य 
  • पहिलो पटक बिजुली बत्तीको व्यवस्था (फर्पिङ्ग, १९६८)
  • त्रिचन्द्र कलेजको स्थापना, सिंह दरवार 
भीम शमशेर (१९८६ - १९८९):
  • शनिबार बिदा दिने चलन
  • सरकारी कार्यालय समय १०-४
  • नुन र कपासमा भन्सार छुटको व्यवस्था 
  • चर्खा प्रचारमा रोक
जुद्ध शमशेर (१९८९ - २००२)
  • कर्मचारीलाई पेन्सन दिने व्यवस्था 
  • विराटनगर जुट मिलको स्थापना 
  • नेपाल बैंक लिमिटेडको स्थापना (१९९४)  
  • सदर चिडियाखानाको स्थापना (१९९८)
  • कागजी नोटको प्रचलन
  • एस एल सि बोर्डको स्थापना 
  • घरमा रेडियो राख्न पाउने व्यवस्था 
  • औद्योगिक वोर्डको स्थापना 
पद्म शमशेर (२००२ - २००५)
  • रुन्चे प्रधानमन्त्री 
  • स्कुलका पिता
  • प्रौढ शिक्षाको व्यवस्था 
  • कन्या पाठशालाको स्थापना 
  • नेपालको पहिलो संबिधान जारी 
  • म राष्ट्रको नोकर हुँ। 
रुन्चे स्कुलका पिता प्रौढ शिक्षा पढ्न कन्या पाठशाला गएर संविधानको नोकर बने |

मोहन शमशेर (२००५-२००७)
  • अन्तिम राणा प्रधानमन्त्री 
  • प्रजातन्त्र स्थापना पछीको प्रथम प्रधानमन्त्री 
  • प्राथमिक शिक्षाको प्रारम्भ
  • राष्ट्रिय आर्थिक समिति गठन 

Comments

Popular posts from this blog

कसले के चलाए ? (Who started what?)

All Kings of Nepal